वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा हार्डवेयर र औषधीजन्य सामग्री लोड भएका दुई मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित प्रतिमा चौकबाट ना।४ ख ९८५१ र प्रदेश २–०३–००१ ख ६५५७ नम्बरका ट्रकहरू नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार यी ट्रकहरू वीरगञ्जबाट काठमाण्डौ र विराटनगरतर्फ जाँदै थिए। चेकजाँचका क्रममा शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएका ट्रकहरूमा बिलबिजकभन्दा बढीका सामान लोड गरिएको पाइएको छ। पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० किशोर लम्सालका अनुसार नियन्त्रणमा लिइएका ट्रकहरूबाट करीब दुई करोड नौ लाख ६ हजार ८४२ रुपैयाँ बराबरका हार्डवेयर सामग्री र औषधीजन्य सामान बरामद गरिएको छ।डीएसपी लम्सालले दिएको जानकारीअनुसार चेकजाँचका क्रममा बिल भर्पाइमा उल्लेख गरिएकोभन्दा अत्यधिक मूल्यको सामग्री ट्रकमा लोड गरिएको पुष्टि भएको थियो। यसपछि तत्कालै आवश्यक कारबाही प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा ट्रकहरू बुझाइएको छ।

Leave a Reply