मनहर्वा – जीतपुरसिमरा उपमहानगरपालिका १८ले पनी ३ सय ३० विपन्न परिवारका लागि राहतमा खाध्यान्न वितरण गरेको छ । वडा अध्यक्ष अर्जून प्रसाद दाहालको अगुवाईमा वडाको बडहर्वा चौकबाट खाध्यान्न वितरण गरिएको हो । राहतका लागि वडाको पराँस, लामिडाँडा,कुस्माडी, विरेन्द्रनगर दलित बस्ती र बडहर्वाका अती विपन्नको पहिचान गरि राहत वितरणको काम दुईदिनबाट भैरहेको वडा अध्यक्ष दाहालले जानकारी दिए ।

 

 

राहतमा प्रति परिवार ३० केजी चामल,दाल २ केजी, नुन १ केजी र खाने तेल १ लिटर प्रदान गरिएको उनले बताए । कोरोना महामारी फैलिन नदिन सरकारले जारी गरेको (बन्दाबन्दी) लकडाउन कारण दैनिक ज्याला मजदुरी गरी जीवन यापन गर्दै आएका विपन्न परिवारको जीवन रक्षार्थ राहत वितरण गरिएको हो । तर सरकारी राहत वितरणका लागिसरकारी निर्देशिका अनुसारका विपन्न परिवार छनौट गरी ब्यवस्थापन गर्न चुनाव लड्नु भन्दा कठिन काम भैरहेको वडा अध्यक्ष दाहालले सुनाए ।

 

 

 

 

विपन्न परिवारको पहिचान र राहत वितरणका लागि प्रमुख दलका प्रतिनीधि,सेना, प्रहरी र जनप्रतिनीधिहरुको वडा स्तरिय कमिटनै बनाई काम गरिएको हो । यती गर्दा समेत कतिपय हुनेखानेहरुले समेत सरकारी राहत त होनी भन्दै अपेक्षा गर्ने, दावी गर्ने र सिफारिस गर्ने गर्दा राहत वितरणमा केही ढिला भएको समेत दाहलले जानकारी दिए ।

 

 

 

राहत वितरण कार्यमा वडा अध्यक्ष दाहल सहित वडा सचिव, अनिल पास्वान, वडा सदस्यहरु कमला कुमारी न्यौपानै,कुमार लामा, चिन्ता माझी, जोखन पंणितका साथै गोपी कृष्ण खतिवडा, चतुरबाबु वाग्ले, बसन्त खतिवडा, सन्त लामा लगायतको सक्रिय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here