मानिस चाहेर बिरामी हुदैन तर फेरि मानिसले जीवनमा अनेक थरीका स्वास्थ्य समस्या बेहोर्नुपर्छ । स्वस्थ जीवन सबैले आश गर्ने कुरा हो तर चाहेर पनि मानिसको जीवन संधै स्वस्थ रहन सक्दैन । त्यसैले रोगबाट मुक्त हुन उपचार आवश्यक र यसको  लागि सुविधा सम्पन्न अस्पताल चाहिन्छ । अस्पताल भएर मात्रै पनि मानिसले उपचार पाउछन भन्ने निश्चित हुदैन । त्यो मानिसको पहँचभित्र र सर्वसुलभ पनि हुन जरुरी छ ।
अहिले बारा जिल्लाकै कुरा गर्ने हो भने धेरैले सहज रुपमा उपचार सेवा पाएका छैनन् । नेपालको संबिधानले स्वास्थ सेवालाई मौलिक हकको रुपमा पनि व्यवस्था गरेको छ । त्यसैले हरेक नागरिकले सहज रुपमा स्वास्थय सेवा पाउनुपर्दछ । हुन त् उपचार निःशुल्क हुनुपर्ने हो । तर नेपालको सन्दर्भमा यो कल्पना मात्रै होला । पैसा तिरेर नै भएपनि उपचार पाउन सकियो भने त्यसलाई अहोभाग्य नै मान्नुपर्ने अवस्था छ ।
सायद नागरिकहरुको यही चाहना र भावनलाई ख्यालमा राखेर हुनुपर्दछ, तीलगंगा आँखा अस्पतालले बाराको निजगढमा आँखा अस्पतालमा संचालनमा  ल्याएको छ । वीरगञ्ज बाहेक मधेसका बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा आँखाको उपचारका लागि राम्रो अस्पतालको अभाव छ । आँखा मानिसको महत्वपूर्ण अंग हो । यसका विषयमा धेरै चर्चा गर्न नै परेन । यो बिना मानिसले कत्ति ठूलो समस्या भोग्न परेको छ, त्यस्ता पीडितको कथा हामीले देखेसुनेकै छौं । तीलगंगाले यस क्षेत्रका नागरिकहरुका लागि जुन व्यवस्था गरिदियो, त्यो एकदमै स्वागतयोग्य र प्रशंसाको कुरा हो । फेरि नेत्र रोगसम्बन्धि अन्तर्राष्ट्रिस्तरमा ख्याति कमाएका सन्दुक रोइट जस्ता व्यक्तिसहितको उपस्थितिमा आँखा अस्पताल संचालनमा आउनु भनेको मधेसका जनताको लागि स्वास्थ्य क्षेत्रमा योभन्दा खुसीको कुरा अर्को के होला र ।
निजगढमा सुविधा सम्पन्न अस्पताल संचालन भएपछि आँखाको उपचारका लागि नै भनेर मधेसका जनताले काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । र यो अस्पताल बिरामीलाई कोसेढुंगा नै साबित भएको छ ।

Leave a Reply