वीरगञ्ज,प्रहरीले दुई सय २० ग्राम लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित वीरगन्जबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । रक्सौलबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई प्रहरी चौकी इनर्वाको टोलीले रजतजयन्ती सडक क्षेत्रबाट पक्राउ गरेको हो ।पक्राउ परेकाहरुको साथबाट दुई सय २० ग्राम लागूऔषध खैरो हेरोइन बरामद भएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा सीमावर्ती शहर रक्सौलका ३७ वर्षीय कृष्ण कुमार, ३८ वर्षीय सुधिर कुमार, ४८ वर्षीय अमित कुमार र स्कोरपियो चालक २७ वर्षीय राजा कुमार रहेका छन् ।
उनीहरुलाई पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रवक्ता लम्सालले बताउनुभयो । प्रहरीले उनीहरु सवार भारतीय नम्बरको स्कोरपियो समेत नियन्त्रणमा राखेको छ ।

Leave a Reply