वीरगञ्ज,जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकचोकस्थित सडकखण्डबाट ना.३ ख ४७४९ नम्बरको मालवाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ् ।

राजश्व छली चोरी गरी बिलबिजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।

लोड रहेको मालबस्तुहरु बिलमा उल्लेख गरिएभन्दा बढी लोड रहेको आशंका रहेको तथा सो बिलबिजक शंकास्पद देखिएको हुँदा ना.३ ख ४७४९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।उक्त मालवाहक ट्रकभित्र कपडा तथा खुद्रा समानहरू ३५ लाख बराबरको रहेको आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here