वीरगन्ज, छोरीले अन्तरजातीय प्रेम गरेको थाहा पाएपछि बारामा आफ्नै बाबुले नाबालिग छोरीको विभत्स हत्या गरेको रहस्य बाहिर आएको छ ।आफ्नै १४ वर्षीया छोरी कौशिला कुमारीको विभत्स हत्या गरेर खोलामा फ्याँकेको आरोपमा फेटा गाउँपालिका(१, त्रिवेणीका ४४ वर्षीय हरिन्द्र महत्तोलाई प्रहरीले करिब पाँच महिनापछि पक्राउ गरेको हो ।गत भदौ १२ गते पर्साको जिराभवानी गाउँपालिकाको सुपौलीस्थित इमिर्ती खोलामा टाउको नभएको शव सडेगलेको अवस्थामा फेला परेको थियो । प्रहरीले अर्को दिन नदीमै टाउको पनि भेटाएको थियो ।त्यसबेला शवको प्रकृति हेर्दा करिब ३र४ दिन अगावै हत्या गरेको जस्तो देखिन्थ्यो, सडेगलेको अवस्थामा भेटिएकाले ठ्याक्कै ठम्याउन मुस्किल थियो,ु पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले भने ।खोजतलास गर्दा महत्तोकी छोरी फरार रहेको खुलेपछि सोधपुछ गर्ने क्रममा उनी आफैँले छोरीको हत्या गरेको खुलेको डिएसपी थापाले जानकारी दिए । उनका अनुसार महत्तोले आफ्नी १४ वर्षीया छोरीको हत्या गरेको स्वीकार गरिसकेका छन् । महत्तोलाई प्रहरीले माघ ५ मै पक्राउ गरेको थियो ।ुतल्लो जातको केटासँग प्रेमसम्बन्ध राखेको र सम्झाउँदा नमानेपछि छोरीको हत्या गरेको उसले वयानमा स्वीकार गरिसकेको छ डिएसपी थापाले भने ।कौशिलाको हत्या महत्तो एक्लैले गरे वा अरु को(को संलग्न थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply