वीरगञ्ज,समस्यामा परेका संचारकर्मीहरूको लागि सहयोग गर्न वीरगञ्जमा पत्रकार कल्याण कोष स्थापना भएको छ ।
बुधवार आयोजित एक कार्यक्रममा कोष स्थापनाको बारेमा जानकारी दिइएको हो । कोषको शुरुवात हाल ५० जना पत्रकारहरूले मासिक १ हजार रुपैयाँ जम्मा गरेर शुरु गरेका छन् । यो कोषले संचारकर्मीहरूको आर्थिक समस्या, स्वास्थ्य उपचार र अन्य अतिआवश्यक काममा आर्थिक सहयोग गर्ने लक्ष्य राखेको छ ।

नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जाराले कोषले समस्यामा परेका पत्रकारहरूलाई ठूलो राहत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । कोषको अध्यक्षमा निरञ्जन मिश्र रहनुभएको छ भने अन्य सदस्यहरूमा धनञ्जय मिश्र, मुस्कान श्रेष्ठ, राकेश साह, राजन रौनियार, एस.के. चौरसिया र किरण सत्याल रहेका छन् ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले कोषको स्थापना र यसको संचालनमा महत्वपूर्ण भूमिका खेलेको जानकारी दिनुभयो ।

Leave a Reply