वीरगञ्ज,पर्साको संखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवलेस्थानीय प्रशासनले जिल्लामा चर्को आवाजमा डिजे स्पिकर र लाउड स्पिकर प्रयोगमा रोक लगाउने निर्णय गरेपछि पर्साको संखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले कडा आपत्ति जनाउनुभएको छ ।

उहाँले जनप्रतिनिधिहरूसँगको सहमति तथा पूर्वजानकारी बिना गरिएको यो निर्णय कार्यान्वयन हुन नसक्ने बताउँदै असन्तुष्टि व्यक्त गर्नुभएको छ । यादवले विशेष गरी मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा विगत लामो समयदेखि राति विवाहको जन्ती आउने, पार्टी तथा अन्य कार्यक्रमहरू हुने र त्यसमा डिजे तथा लाउड स्पिकर बज्ने प्रचलन रहेको बताउदै ध्वनी प्रदूषणको नाममा यो परम्परा नियन्त्रण गर्न एक पक्षीय रुपमा शंभव नभएको जनाउनुभएको छ ।

आम नागरिकको सरोकारसंग जोगिएको यस्ता कार्यहरुमा स्थानीय राजनीतिक दल र जनप्रतिनिधिहरूको भूमिका आवश्यक रहेको तर प्रशासनले यसतर्फ कुनै समन्वय नगरी एकतर्फी रुपमा निर्णय गरेको आरोप पनि लगाउनुभएको छ । गाविस अध्यक्ष यादवले डिजे र लाउड स्पिकरको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा पर्ने प्रत्यक्ष असरप्रति आफू पनि चिन्तित रहेको, तर यसबारे स्थानीय प्रशासनले समन्वय गर्नुपर्ने बताउनुभएको छ ।गत भदौ २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकमा चर्को आवाजमा बज्ने डिजे, स्पिकर, लाउड स्पिकर र आतिशबाजीलाई नियन्त्रण गर्न निर्णय गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, सुरक्षा समितिको निर्णय अनुसार नियमको उल्लङ्घन गर्नेहरूलाई कानुनी कारबाही गरिने बताइएको छ ।

Leave a Reply