बसन्त लामा

सिंगौल,लामो समयदेखिको खडेरीका कारण खेतमा लगाएको बाली सुकेर नष्ट हुन थालेपछि निजगढ नगरपालिकाका किसानहरु चिन्तित बनेका छन ।लामो समयसम्म वर्षा नभएर किसानले लगाएको बालीनाली सुकेर नष्ट हुन थालेपछि निजगढको सिंगौलका किसानमा चिन्ता बढेको हो ।वर्षा नहुँदा स्थानीय कृषकले लगाएको मकै र केरावाली सुकेर नष्ट हुने अवस्थामा पुगेको निजगढ १ सिंगौलका किसान राम गुरोले बताउनुभयो । उहाँले सिँचाई अभावमा किसानले बर्षेधानको बिउ राख्न समेत नपाएको र किसानमा चिन्ता बढन थालेको पनि सुनाउनुभएको छ । गुरोका अनुसार सिंगौलका किसानले सिँचाईको लागि प्रयोग गर्दै आएको धनसार र बगर खोलामा समेत पानी घटेको र मकै र चैतेधान खेतीमा सिँचाई गर्न नपाएपछि हुर्कदै गरेको बाली सुकेर किसानहरुमा चिन्ता बढेको छ । सिंगौलमा धनसार खोला र बगर खोलाको सतह सिँचाई बाहेक अन्य वैकल्पिक उपाय नहुँदा र किसानले सिँचाई असुविधा बेहोर्दै आएका छन ।
खडेरीकै कारण सिंगौलमा रहेका खानेपानीका अधिकांस डिपबोरिङमा समेत पानी कम आउन थालेको र स्थानीयलाई पिउने पानीको समेत अभाव सृजना भएको उपभोक्ताहरुले गुनासो गरेका छन ।

Leave a Reply