वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले ध्वनी प्रदूषण र जनस्वास्थ्यमा असर पर्ने गरी ठूलो स्वरमा डिजे तथा आतिशबाजी नगर्न आग्रह गरेको छ। प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न ¥याली, जुलुस, सम्मेलन, तथा धार्मिक÷सांस्कृतिक कार्यक्रमहरु र चाडपर्वमा ठूलो स्वरमा डिजे र स्पीकर बजाउन नपाइने जानकारी गराएको हो ।
प्रहरीका अनुसार २१ भदौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ठूलो स्वरमा बजाइने डिजे तथा स्पीकरको आवाजले मानव स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने निष्कर्ष निकालेको छ। यसै सन्दर्भमा सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले यस्तो गतिविधिमा रोक लगाउने निर्णय गरिएको हो।जिल्ला प्रहरीका प्रवक्ता दीपक भारतीले ध्वनी प्रदूषण हुने गतिविधि कानुनविपरीत रहेकोभन्दै यदि कसैले सूचनाको अवज्ञा गर्दै डिजे बजाएमा कानुनअनुसार कारबाही गरिने पनि बताउनुभयो ।

















