निजगढ,मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले धर्मले समाजलाई सतमार्गमा अगाडि बढाउन मद्दत गर्ने बताउनुभएको छ ।श्रीकृष्णाष्ठमी पर्वको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजना गरिएको एक महिने वितक चर्चा एवंम श्रीकृष्ण कथा वाचन समापन कार्यक्रममा बोल्दै सोमवार सो कुरा बताउनुभएको हो ।

प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका प्रदेश भौतिकपूर्वाधार मन्त्री यादव समाजमा व्यभिचार र अन्यायविरुद्ध लाग्न तथा समाजलाई गोलवद्ध बनाएर अगाडि बढाउन धार्मिक क्रियाकलापले महत्वपूर्ण योगदान गर्ने सुनाउनुुभएको थियो ।
मन्त्री यादवले मन्दिर परिसरमा निर्माणाधिन श्रीकृष्ण प्रणामी सामुदायिक सभाहलको पनि सो अवसरमा निरीक्षण गर्नुभएको थियो । उहाँले निर्माण कार्यलाई पुर्णता दिन प्रदेश सरकारले सभाहललाई बहुवर्षिय योजनामा समावेश गर्ने बताउनुदै निर्माणको कार्यको आफूले पनि अनुगमन गर्ने र निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीसंग पनि सभाहल निर्माण कार्यको प्रगतिको निरन्तर अनुगमन गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश संसद मिना लामा,निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोम माया थिङलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाकी पूर्वउप प्रमुख लिलादेवी लामिछाने खनाल,वडा अध्यक्षहरु घनश्याम तिमल्सिना, टेकबहादुर लामा, सुर्यबहादुर थापामगर,गोकुल तिमल्सिना, नेकपा एमालेका नेता अम्बिकाप्रसाद चौलागाई, निजगढ खानेपानी तथा सरसफाइउपभोक्ता समितिका अध्यक्ष सुदर्शनप्रसाद कोइरालालगायत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि एवंम भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भिमप्रसाद सापकोटाले गर्नुभएको थियो ।शास्त्री श्रीघनश्याम अधिकारीले एक महिनासम्म श्रीकृष्ण कथा बाचन गर्नुभएको सो वितक चर्चा कार्यक्रमको अन्तिम दिन सोमवार दिनभर सत्संग, भजन कृतन गरिनुको साथै राति १२ बजे श्रीकृष्ण प्राकाट्य महोत्सवको आयोजना गरेर समापन गरिने कार्यक्रम रहेको छ ।सोही कार्यक्रम अन्तर्गत मंगलवार बिहान रथयात्रा निकालेर नगर परिक्रममा गर्ने कार्यक्रमतय भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले जानकारी दिनुभएको छ ।

Leave a Reply