वीरगन्ज,छात्रामाथि यौनदुव्र्यवहार गरेको आरोपमा वीरगञ्जमा एक शिक्षक पक्राउ परेका छन् । विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ घर भई वीरगञ्ज बस्दै आएका ताज मियाँ पक्राउ परेका हुन् ।

वीरगन्ज– ११ श्रीपुरस्थित अल्पाइन स्कुलमा उनले नेपाली विषय पढाउँदै आएका थिए । पढाउने बहानामा संवेदनशील अंगमा छुने, चुम्बन गर्ने गरेको आरोप उनीमाथि लागेको छ ।
एक छात्राका अभिभावकले दिएको उजुरीको आधारमा मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । मियाँविरुद्ध पर्सा जिल्ला अदालतमा बाल यौन दुरुपयोगको मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद लिइएको उहाँले बताउनुभयो ।

















