मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ राजाटोलस्थित सल्हेस बाबा मन्दिरमा मंगलवार लाग्ने एकदिने मेलाको तयारी पूरा भएको छ ।स्थानीय दलित समुदायको कुलदेवताको रुपमा रहेको सल्हेस बाबा मन्दिर परिसरमा मंगलवार बिहानबाट लाग्ने मेलाको तयारी पूरा भएको मेला आयोजक समितिका सचिव श्याम पासवानले जानकारी दिनुभयो । उहाँले मेलाको तयारी क्रममा मन्दिरको वरिपरीको क्षेत्रमा सरसफाइ र रंगरोगन गरिएको बताउनुभयो ।मेलामा विभिन्न कलाकारहरुद्वारा गायन, नृत्य र कुस्ती तथा लाठी प्रदर्शन जस्ता खेलतमासा पनि प्रदर्शन हुने समितिका अध्यक्ष राजदेव पासवानले जानकारी दिनुभएको छ । उहाँले आफ्नो समुदायको संस्कृतिको संरक्षण र कुलदेवताको सम्मान गर्ने उद्देश्यसहित मन्दिर परिसरमा मेला आयोजना गर्न लागिएको बताउनुभयो ।

Leave a Reply