हुन त् रसायनिक पदार्थको प्रयोग स्वास्थ्यको लागि हानिकारक छ । रसायनिक मलको प्रयोगले स्वास्थ्यलाई फाइदा गर्दैन, तैपनि यसको प्रयोग पछिल्ला दिनमा बढ्दै गइरहेको देखिन्छ ।
रसायनिक मलले असर पार्ने बारेमा किसानहरु जानकार भएपनि उनीहरुले खोजिखोजी यसको प्रयोग गर्दैआएका छन । अब यसको प्रयोग बिना खेती नै नहुँने पो हो कि भन्ने अवस्था पनि छ । नेपालमा वैकल्पिक मलको उत्पादन र प्रयोगमा आवश्यक ध्यान नदिँदा किसानहरु यसैमा निर्भर बन्न बाध्य छन ।

तर विडम्बनाको कुरा के छ भने, जब कृषकहरु बालीमा हाल्न मल खोज्छन् तब यसको हाहाकार शुरु हुन्छ । जुनसुकै सरकार आएपनि मलको सहज आपूर्ति हुनै सक्दैन । मलको आपूर्ति नहुँदा कृषकहरु संधै मलको खोजीमा भौंतारिनुपर्छ । र उचित समयमा यसको प्रयोग गर्न पाउदैनन । अलको अभावमा उत्पादनमा गिरावट आउछ र यसले समग्र उपभोक्तालाई नै असर गर्छ । उत्पादन घढ्ने बित्तिकै मुल्य बढने र अनि उपभोक्ताले त्यसको मार सहनुपर्छ ।

बारा जिल्ला पनि कृषि उत्पादनका लागि निकै महत्वपूर्ण जिल्ला हो । यहाँ धान खेती राम्रो हुन्छ । अब यो समय धानकै भएकाले पनि धानको कुरा गरिएको हो । राम्रो धान उत्पादन हुने हो भने बाराका नागरिकहरुले आफूलाई पु¥याएर पनि बिक्री गर्ने गर्दछन् । तर, मल बिऊकै कारण पनि उत्पादन घट्ने गरेको छ । अब यो धानमा मल हाल्ने समयमा मल नपाएपछि त यसै पनि उत्पादन घट्ने भएन र ?

Leave a Reply