रौतहट,पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष एवंम प्रतिनिधि सभा सदस्य प्रभु साहले मौलापुरस्थित उत्खननबाट निस्किएको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आग्रह गर्नुभएको छ ।पुरातात्विक महत्वको उक्त क्षेत्रको उत्खनन गर्ने क्रममा हाल नयाँ संचरचनाहरु फेला परेपछि अध्यक्ष साहले यस्तो माग गर्नुभएको हो ।

जमिन सतहदेखि दुई मिटर तल पुराना संरचनाको अवशेष भेटिएपछि अध्यक्ष साहले उक्त आग्रह गर्नुभएको हो । अध्यक्ष साहले उक्त स्थानको सोमवार स्थलगत अनुगमन निरीक्षण गर्नुभएको थियो । पतौरा महादेव मन्दिर नजिक उत्खनन गर्दा अनौठा संरचनाहरु फेला परेका छन । महादेव मन्दिरदेखि २ सय मिटर उत्तरमा २०७५ सालदेखि उत्खनन कार्य भईरहेका स्थानमा सयौं वर्ष पुराना भग्नावशेष फेला परेको हो ।

उहाँले मौलापुरमा जारी पुरातात्विक उत्खननबाट दुनियाँलाई चकित पार्ने तथ्यहरू बाहिर आइरहेको बताउनुभएको छ ।
पुरातत्वविद‍्को अनुसार यो नेपाल मै अहिलेसम्म भेटिएको सबैभन्दा पुरानो अवशेष भएको बताइएको छ ।यसअघि मौलापुर नगरपालिका पतौरास्थित पुरातात्त्विक महादेव मन्दिर गुप्तकालको रहेको जिकिर गरिएको थियो । उत्खननपछि नेपालीसँगै बेलायतका पुरातत्वविद‍्हरुको टोलीले कर्नाट र सेन वंशको शासनकालमा निर्माण भएको भन्दै आएकोमा मन्दिर तथा मन्दिरसँगै उत्खननमा भेटिएको अन्य संरचनाबाट सो मन्दिर गुप्तकालको रहेको जिकिर सुरु भएको हो ।

भारत बिहार सरकारका अवकाश प्राप्त एक जना पुरातत्वविद् विद्या चौधरीलेले मन्दिर तथा अन्य संरचनालाई चौंथो शताब्दी अर्थात दुई हजार वर्ष अघिको गुप्तकालको भएको जिकिर गर्नुभएको थियो । चौधरीले मन्दिर र त्यहाँ प्राप्त अवशेषहरूको गहन अध्ययन अनुसन्धान जरुरी रहेको बताउनुभएको थियो । सोही समय सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई स्थानीयको सहयोगमा मन्दिर बनाएर पूजाआजा गर्न सुरु गरिएको थियो ।

Leave a Reply