रौतहट,
रौतहटको चन्द्रपुर नगरपालिकामा घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र नहुँदा स्थानिय ब्यापरीहरु सदरमुकाम गौर जानुपर्ने बाध्यता रहेको छ । जिल्लको उत्तरी भेगका चन्द्रपुर,बृन्दावन र गुजरा नगरपालिकाका करिब ८ हजार भन्दा बढी साना ब्यापारीहरु ४२ किलो मिटर लामो यात्रा गरेर सदरमुकाम गौर जान बाध्य रहेका छन । घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्रको अति नै आवश्यक रहेको चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए ।

सेवा केन्द्र स्थापना नहुँदा रौतहटको उत्तरी भेगका ब्यापारीहरुले लामो समय देखी सास्ती खेप्नु परेको अध्यक्ष सापकोटाको भनाइ रहेको छ । अन्य सेवा सुबिधा चन्द्रनिगाहपुरमा आइसकेको हुँदा घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र यथासिघ्र स्थापनाको लागी अध्यक्ष सापकोटाले जोडदार माग गरेका छन ।

यता चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले पनि चन्द्रनिगाहपुरमा घरेलु तथा साना उद्योग कार्यालयको अति नै आवश्यकता रहेको बताए । उक्त कार्यालय स्थापनाको लागी नगरपालिकाको कार्यपालिकाको बैठकबाट नै निर्णय गरेर अगाडी बढने नगर प्रमुख काफलेले बताएका छन ।

चन्द्रनिगाहपुर ब्यपारीहरुको केन्द्रबिन्दु नै भइसकेको हुँदा सो कार्यालय यहाँ अति आवश्यक रहेको नगर प्रमुख काफलेको भनाइ रहेको छ । चन्द्रपुरमा ठुला देखि साना उद्योगहरु खुल्ने क्रममा बढी रहेको र छिमेकी जिल्लाहरुको समेत ब्यपारीक केन्द्र रहेको कारण पनि सेवा केन्द्र अति नै आवश्यक रहेको नगर प्रमुख काफलेले जानकारी दिएका छन ।

घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र चन्द्रनिगाहपुरमा स्थापना हुने बित्तिकै बृन्दावन नगरपालिका, गुजरा नगरपालिका, फतुवा बिजयपुर नगरपालिका लगायतका क्षेत्रका ब्यपारीहरुले आफ्नो कामकाज गर्न सहजता पाउने उनले बताए ।

अहिले चन्द्रनिगाहपुरमा करदाता सेवा केन्द्र,मालपोत कार्यालय,नापी कार्यालय ,इलाका प्रशासन कार्यालय,डिभिजन वन कार्यालय,डिभिजन सडक कार्यालय रहेका छन । गत बुधबार देखी चन्द्रनिगापुरमा प्रदेश लेखा इकाई कार्यालय समेत खुलेको छ ।

Leave a Reply