पुष्पराज खतिवडा
बारा,डिभिजन वन कार्यालय बारा र हलखोरिया साझेदारी वन व्यवस्थापन समितिको संयुक्त गस्ती टोलीले ९ थान सालको ४३ क्विफिट अबैध गोलाई बरामद गरेको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को माथिल्लो बडहर्वास्थित शंकर चोक नजिकै जंगलबाट बिहीवार बेलुका उक्त काठ बरामद भएको हो । वनबाट चोरी तस्करी गरी ९ वटा साकलमा लोड गरेर जंगलको झाडीमा लुकाई राखिएको अवस्थामा काठ फेला परेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

विशेष सुराकीका आधारमा सव डिभिजन वन कार्यालय डुमरवानाका वन रक्षक धर्मदेव यादवको कमाण्डामा रहेको वन गस्ती टोलीले सो सालको काठ बरामद गरेको हो । बरामद काठ तथा साईकल हलखोरिया साझेदारी वन व्यवस्थापन समितिको कार्यालय परिसरमा रहेको हलखोरिया सब डिभिजन वन कार्यालय डुमरवानामा राखिएको छ । काठ चोरीमा संलग्नहरुको खोजतलास भइरहेको वन रक्षक किसुन यादवले जानकारी दिनुभयो ।

Leave a Reply