वीरगञ्ज,रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगत अभाव भएको छ । बढ्दो गर्मीबीच बिरामीका चाँपका कारण केन्द्रमा रगतको चरम अभाव भएको हो ।अहिले रक्तसञ्चार केन्द्रमा सबै समूहको रगत अभाव भएको छ । तर मुख्यतः ४ प्रकारका रगतको भने चरम अभाव भएको केन्द्रले जनाएको छ । रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेका अनुसार अहिले ए पोजेटिभ, बी पोजेटिभ, एबी पोजेटिभ र ओ पोजेटिभ ग्रुरूपको रगत अभाव भएको हो ।गर्मीमा रक्तदान कम हुने र बिरामीहरुको चापले गर्दा रगतको माग बढ्दा रगतको चरम अभाव भएको उहाँले बताउनुभयो । केन्द्रमा अहिले १२० पोकासम्म रगतको माग छ ।
प्रत्येक दिन ६० देखि ७० पोकासम्म रगत जाने गरेको तर, रगत संकलन भने न्यून हुदा रगतको अभाव बढ्दो रहेको उहाँले बताउनुभयो । चिकित्सकहरुले बिरामीलाई ताजा रगत उपलब्ध गराउन भन्ने र रगतका तत्वहरु समेत लिएर आउन आफन्तलाई खबर गर्ने हुँदा यस्तो समस्या आएको रक्तसञ्चार केन्द्रका राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

















