निजगढ,निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जापानी बैंक रेसुनाले प्रस्ताव पेस गरेको छ ।गत बैशाख १५ र १६ गते काठमाडौंमा आयोजित लगानी सम्मेलनमा नेपालले निजगढ विमानस्थल बनाउन गरेको प्रस्तावमा चासो देखाएको रेसुनाले लगानी बोर्डमा प्रस्ताव नै पेस गरेको छ ।रेसुना बैंकको सो प्रस्ताव लगानी बोर्डको आगामी बैठकमा पेस गरिने बोर्डका प्रवक्ता पद्युम्न उपाध्यायले बताउनुभयो । ‘यदि नेपाल सरकारले सकारात्मक रेस्पोन्स गरेमा हामी निजगढ विमानस्थल निर्माण तथा सञ्चालनका लागि तयार छौँ,’ रेसुनाको प्रस्तावमा उल्लेख छ ।
नेपालमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय स्तरको विमानस्थल अभाव भएपछि साढे तीन दशकदेखि चर्चामा रहेको निजगढ सरकारले अघि सार्दैआएको छ ।३ दशकअघिदेखि चर्चामा रहेको निजगढ विमानस्थल निर्माणको लागि सर्वोच्च अदालतले बाटो खुल्ला गरेको भएपनि सरकारले लगानी मोेडेल तयार पार्न नसक्दा हालसम्म पनि निर्माण कार्यअघि बढन सकेको छैन ।

















