पुष्पराज खतिवडा

मनहर्वा,कोरोना संक्रमणबाट बुधबार बारामा २ महिला सहित ६ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मर्नेहरुको संख्या बारामा १ सय ११ जना पुगेको बारा प्रहरीले जनाएको छ । पहिलो चरणमा ७ महिला सहित ३३ जना र दोस्रो चरणमा बुधबारसम्म २० महिला सहित ७८ जनाको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

जिल्लामा ३६७ महिला र ९०६ पुरुष गरी १ हजार २६३ जनामा दोस्रो भेरियण्ट संक्रमण पाइएको छ । संक्रमित मध्ये अधिकांसं होमआइसोलेशनमा रहेका छन् । ६७ जना वीरगन्जं र काठमाण्डौमा उपचारमा छन् । भने १ हजार १८५ जना होमआइसोलेशनमा रहेको डिएसपी मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार ईलाका प्रहरी कार्यालय सिमरामा रहेका २ र जिल्ला प्रहरी कार्यालयका थुनामा रहेका ३ गरी ५ जना थुवामासमेच संक्रमण देखिएको छ । बारामा कार्यरत ६ जना जनपथ प्रहरीमा समेत नयाँ भरियन्टको संक्रमण पुष्टि भएपछि कार्यालयकै आइसोलेशनमा राखिएको मिश्रले बताउनुभयो । संक्रमण पुष्टि भएका मध्ये १३ महिला र ३२ पुरुष सहित ४५ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

यस्तै जिल्लामा कोरोनाको संक्रमण र संक्रमणबाट मानिसको मृत्यु हुनेको संख्य बढेपछि आगामी ७ गते शुक्रबारबाट निषेधाज्ञामा सुधार गरी थप कडाइ गर्ने निर्णय भएकोे छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालय बारामा बसेकोे डिसिसिएमसीको बैठकले गैह्रखाध्यान्नका पसलहरु १५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । खाध्यान्नका पसलहरुसमेत बिहान २ घण्टा (६ देखि ८ बजे) सम्म मात्रै खोल्न दिने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply