निजगढ,नेकपा (माओवादी केन्द्र) बाराले संघीय र प्रदेश सभाको प्रतक्ष्य र समानुपातिक तर्फको सदस्य पदको लागि श्रीमान÷श्रीमतीको नाममा सिफारिस गरेको छ ।

माओवादी नेता हरि चौलागाई ‘लालकिरण’ र उहाँकी धर्मपत्नी गीता कडेलको नाम प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदको लागि जिल्लाको फरकफरक निर्वाचन क्षेत्रबाट सिफारिस भएको हो ।

माओवादीले ‘लालकिरण’ लाई बारा क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्य र श्रीमती गिता कडेलको नाम प्रतक्ष्यतर्फ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको हो । हाल सिमरामा बसोबास गर्दै आएका ‘लालकिरण’ को पुरानो घर निजगढ र कडेलको माइती भने डुमरवाना हो । ‘लालकिरण’ को नाम प्रदेश सभातर्फ प्रत्यक्षमा १ नम्बरमा र कडेलसहित प्रतिनिधि सभा सदस्यको लागि दुई जनाको नाम सिफारिसमा परेको छ । माओवादीले क्षेत्र नम्बर ३ बाट कडेलसहित सोनालाल साहको नाम पनि सिफारिस गरेको हो । कडेललाई जीतपुरसिमरा उपमहानगर कमिटीले पनि सोही क्षेत्रबाट प्रदेशसभातर्फ प्रत्यक्षमा १ नम्बरमा राखेर सिफारिस गरेको छ ।

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा २०५६ सालदेखि संलग्न भएकी कडेल नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य हुनुहुन्छ । महिला संगठनको केन्द्रीय सचिव समेत रहनुभएकी उहाँ २०५८ सालमा तत्कालिन शाही सेनासंगको भिडन्तमा गोली लागेर गंम्भीर घाइते हुनुभएको थियो । २०६० सालमा सेनाले नियन्त्रणमा लिएर कडेललाई वीरगन्ज कारागारमा पठाएपछि उहाँले १८ महिना जेल जीवन बिताउनुभएको थियो ।

त्यसैगरी तत्कालिन नेकपा माओवादीका बाराका संस्थापक नेता मध्ये एक लालकिरण विद्यार्थी संगठनबाट पार्टीमा आवद्ध हुनुभएको हो । माओवादी आन्दोलन र जनयुद्धमा बारामा सक्रिय उहाँ २०५९ सालमा माओवादी पार्टीले देशभरी घोषणा गरेको जनसरकार बारा जिल्लाको उपप्रमुखसमेत तोकिनु भएको थियो ।

२०४६ सालमा मसाल पार्टीको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गर्नुभएका ‘लालकिरण हाल पार्टीको मधेस प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

Leave a Reply