वीरगन्ज,गाउँ विकास समितिका पूर्वउपाध्यक्षको निधनमा पर्साको ठोरी गाउँपालिकाले आइतवारको लागि सार्वजनिक विदा दिएको छ ।
२०४९ सालको पहिलो स्थानीय निर्वाचनमा साविक निर्मलबस्ती गाविसबाट उपाध्यक्षमा निर्वाचित नर्भु लामाको निधनमा गाउँपालिकाले आइतवारको लागि सार्वजनिक विदा दिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले शुक्रवार एक सूचना जारी गर्दै पुष ३ गते आइतवार गाउँपालिकाका सम्पुर्ण सरकारी कार्यालय र विद्यालयहरु बन्द हुने जानकारी गराउनुभएको छ ।
स्वर्गीय लामाको मृतआत्माको चिरशान्तिको कामना गर्दै उहाँको सम्मान र स्मृतिमा गाउँपालिकाको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

















