कलैया,जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट करिब ३१ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।बारा प्रहरीले बिलभन्दा बढी तथा स्रोत खुलाउन नसकेको ३० लाख ९६ हजार मूल्य बराबरको सामान बरामद गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।उहाँका अनुसार सिमरा, जीतपुर, पथलैया, मुसहर्वा लगायतको ठाउँबाट अबैध सामान बरामद गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here