वीरगञ्ज,छोराको हत्या गरेर फरार रहेकी एकजना अभियुक्त महिलालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।
प्रहरीले छोरीको हत्या आरोपमा वीरगञ्ज महानगरपालिका– १७ बस्ने २२ वर्षीया महिला आरती कुमारीलाई भारतको पूर्वी चम्पारण रक्सौल नजिकको एउटा गाउँबाट जेठ १ गते पक्राउ गरेको हो ।२०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला ५ महिनाको छोराको घाँटी थिचेर हत्या गरी उनी फरार भएकी थिइन् ।प्रहरीका अनुसार उनी भारतको पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आएकी थिइन् । पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान सम्बन्धी मद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
















