नेपालमा अहिले संघीयताको अभ्यास भइरहेको छ तर यसले बामे सर्न पाउँदा नपाउँदै यसलाई सिध्याउने खेल पनि संगसंगै शुरु भइसकेको छ । हुन त नेपाल विदेशीहरुको प्रयोगशाला हो भनिन्छ, र उनीहरुले के कुराको प्रयोग गर्दा आफूलाई फाइदा हुन्छ त्यही र जसलाई प्रयोग गर्दा आफूलाई फाइदा हुन्छ उसैलाई प्रयोग गर्नेगरेका छन् । यसोभन्दा नेपालका नेताहरु सक्षम छैनन् त भन्ने कुरा पनि आउला तर नेपालको भूगोल नै यस्तो छ कतिपय अवस्थामा नेपालका नेताहरु चाहेर पनि विदेशीको कुरा सुन्न नसक्ने हुनैसक्दैनन् ।
भर्खर अभ्यास भइरहेको संघीयताको विषयमा विभिन्न खाले टिप्पणी भइरहँदा आफूलाई  संघीयताको पक्षधर बताउने दलबाट नै संघीयता धरापमा परेको छ । उदाहरणका लागि मधेस प्रदेशलाई नै लिन सकिन्छ । नेकपा माओवादीले आफू संघीयताको असली पक्षधर भएको बताउछ तर उसैका क्रियाकलापका कारण पनि संघीयता धरापमा छ । मधेस प्रदेशको सरकारलाई अस्थिर बनाएर यतिबेला आफ्नो स्वार्थ पूर्ति गरिदैछ ।
त्यसको स्वार्थका लागि मधेस मात्र होइन अन्य प्रदेशमा पनि यस्तै भएको छ । जसले संघीयता बलियो हुने कुरै आएन । मधेसमा जसपाकै सरकार बन्नुपर्छ भन्ने पनि होइन तर यसरी सरकारहरुमाथि अनावश्यक हस्तक्षेप गरिदा भने यसले बेफाइदा नै हुने हो । यस्ता हर्कतले संघीयता बलियो हुदैन त्यसैले पनि संघीयता कमजोर बनाउने खेलमा कतै माओवादी नै छ कि भन्नेमा आशंका भने उत्पन्न भएकोछ ।

Leave a Reply