सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जेनजी आन्दोलनको क्रममा कार्यालयबाट लुटपाट तथा चोरी भएका सामग्री फिर्ता गर्न सार्वजनिक अपील गरेको छ।आन्दोलनको क्रममा भाद्र २४ गतेको उपमहानगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्था÷सेवा केन्द्रमा रहेका गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, सिसिटिभी लगायतका उपकरण, टेबल, कुर्सी, दराज, भाँडाकुडा जस्ता सामानहरूमा तोडफोड र आगजनी गरेर क्षति पु¥याइएको र तीमध्ये अधिकांश सामग्री हराएका वा चोरी भएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले सार्वजनिक सूचना जारी गर्दै लुटिएका वा कुनै कारणवश भेटिएका सामग्री तत्कालै उपमहानगर कार्यालय, वडा कार्यालय वा स्वास्थ्य संस्थामा बुझाइदिन आग्रह गर्नुभएको हो ।साथै, समान ल्याइदिने, कहिँकतै देखिने वा यस विषयमा जानकारी दिने व्यक्तिले चाहेमा उसको पहिचान गोप्य राखिने पनि जनाइएको छ। लुटिएका सामान फिर्ता ल्याउने कार्यमा आम नागरिक तथा समुदायको सहकार्य आवश्यक रहेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले यसमा सबैको सहयोगको लागि अनुरोध गरेको छ।

Leave a Reply