निजगढ,नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले पूर्व पश्चिम राजमार्ग अन्तर्गत निजगढ चन्द्रनिगाहपुर सडक खण्डको धन्सार नजिक रहेको नव निर्मित धन्सार जंगलसहिया कटहरिया गेटको उद्धघाटन गर्नुभएको छ ।

एक कार्यक्रमकाबीच नेता साहले धन्सार जंगलसहिया कटहरिया गेटको उद्धघाटन गर्नुभएको हो ।

नेता साहको संसदीय विकास कोषको रकम ३५ लाख र जन श्रमदान सहित कुल ४६ लाखको लागतमा उक्त गेटको निर्माण भएको निर्माण समितिका अध्यक्ष पलट चौधरीले जानकारी दिनुभयो । उद्धघाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा निवर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहा, कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहा, गुजरा नपाका मेयरका उम्मेद्वार पलट चौधरी, देवाही गोनाहीकी उपमेयर परनिया पटेल, आईटी आर्मी रौतहटका जिल्ला अध्यक्ष नरेश साह लगायत एमालेका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पूर्वमन्त्री साहले आफनो नेतृत्व र आम जनता, जनप्रतिनिधि तथा अन्य केहि व्यक्ति एवं संस्थाको सहयोग र सहभागितामा करीव १४ किलो मिटर नयाँ सडक बजेट बिनानै निर्माण गरिएको र पछि ठेक्का कार्य समेत सम्पन्न भइसकेकोले चाडै नै कालोपत्रे निर्माण शुरु हुने समेत जानकारीसमेत दिनुभयो ।

सो सडक बनेपछि गुजरा, कटहरीया, फतुवा बिजयपुर लगायतका नगरपालिकाका बासिन्दालाई राष्टिय राजमार्ग मा आउजाउ गर्न छोटो दुरी भएको छ ।

Leave a Reply