सिमरा,नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ वडा इकाइ समितिले शनिवार सिमरामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।वडा नम्बर २ को छठिमाई मन्दिर सभाहलमा आयोजित कार्यक्रममा जीतपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेश कमिटिका सचिव मनोज पौडेल, वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, राष्ट्रिय भुतपूर्व सैनिक संघ बाराका अध्यक्ष बैकुण्ठबहादुर सिलवाल, सिमरा खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष पुर्णचन्द्र तिमल्सिना, छठिमाई पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रमोद कर्ण, संघका नगर अध्यक्ष रामबहादुर पाठक, बेली पाठक, लक्ष्मण रानाभाट, किरण कार्की र ओम पाण्डेयलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।राष्ट्रिय भुतपूर्व सैनिक संघ वडा नम्बर २ वडा ईकाइ अध्यक्ष डोरबहादुर देवकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply