वीरगञ्ज,पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा र चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली गाउँका ४० वर्षीय फुलसरिफ मियाँ रहेका छन् ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर– ४ अकवा गाँउको बाँसघारीमा बिहीबार राति छापा मार्दा लुकेर बसेको अवस्थामा मियाँलाई ३० के.जी लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।पक्राउ प रेका मियाँसंग प्रारम्भिक सोधपुछ गर्दा नजिकैको बाँसघारीमा खाल्डो खनी बोराभित्र लुकाएर राखेको १९२ के.जी चरेस र २६७ के.जी गाँजा बरामद भएको प्रहरी उपरीक्षक दिपक भारतीले बताउनुभयो । उहाँका अनुसार अकवा गाउँको बासघारीमा लागूऔषधको खरिद बिक्री भइरहेको सूचना पाएपश्चात जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी टोली खटिएको थियो । उक्त प्रहरी टोलीले अकवा गाँउको बाँसघारीमा लुकेर बसेको अवस्थामा मियाँलाई पक्राउ गरेको थियो ।
मियाँलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको भारतीले जानकारी दिनुभयो ।

Leave a Reply