निजगढ,साथी नेपाल नामक गैह्सहकारी संस्थाले सोमवार निजगढ नगरपालिका सिगौंलका ३ वटा विद्यालयहरुलाई ५÷५ थान पंखा उपलव्ध गराएको छ ।संस्थाले सिंगौलस्थित लोकप्रिय आधारभूत विद्यालयसहित सरस्वती निमावि र लालीगुँरास आविलाई सो पंखा सहयोग गरेको हो ।संस्थाले उपलब्ध गारएको पंखा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले विद्यालयका प्रधानाध्यापकहरुलाई पंखा हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा साथी नेपालकी अध्यक्ष सरिता सापकोटा, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगरपालिका वडा नम्बर २ का पूर्ववडा अध्यक्ष केशव ढोडरी, युवा व्यवसायी माधव न्यौपानेसहित विद्यालयका शिक्षक विद्यार्थी र अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।संस्थाले यसअघि निजगढ ६ स्थिा गौरीशंकर मावि र निजगढ ५ को जनजाग्रिति आविमा पनि पंखा सहयोग गरेको छ ।















