खासगरी तराई मधेसका स्थानीय तहहरु जनताप्रति कम जिम्मेवार छन् र यहाँका स्थानीय तहरुमा बढी अनियमितता त भ्रष्टचार बढी हुनेगर्छ भनेर एक खालको हल्ला पनि फैलाउने गरिन्छ तर मधेसका सबै स्थानीय तहरुमा यस्तो छैन र यहाँ राम्रा गर्ने स्थानीय निकाय पनि छन् भन्ने कुरा बाराको परवानीपुर गाउँपालिकाले पुष्टी गरेको छ ।

कार्य सम्पादन मुल्यांकनमा परवानीपुर गाउँपालिका मधेस प्रदेशमा नै उत्कृष्ट भएपछि मधेसमा राम्रो गर्ने स्थानीय निकाय पनि छन् भन्ने कुराको पुष्टी भएको हो । परवानीपुर गाउँपालिकाले बाराको मात्र नभइ मधेसकै शिर उच्च पनि बनाएको छ ।

जसले जे भनेपनि स्थानीय तह भनेको चैं सिधै नागरिकहरुको जीवनसंग सरोकार राख्ने निकाय हो । प्रत्येक दिन गाउँपालिकाको कार्यालयमा पुगेर सेवा लिने ठाउँ अझै प्रतिस्पर्धी हुन आवश्यक छ । सेवा प्रवाहको सवालमा जति स्थानीय तहहरुका बीचमा प्रतिस्प्रर्धा हुन्छ उत्ति नै सेवाग्राहीहरुलाई पनि फाइदा हुनेछ र स्थानीय तहहरुको कार्य सम्पादन पनि बढ्नेछ । त्यसैले पनि सेवा प्रवाहमा प्रतिस्प्रर्धा हुन आवश्यक छ ।

भ्रष्टचार र अनियमितता जस्ता विषयमा त प्रतिस्प्रर्धा हुने कुरै भएन तै पनि मधेसका कतिपय स्थानीय तहहरु अझै पनि यही कुराले बद्नाम छन् । उनीहरुले समेत परवानपुर गाउँपालिकाले लिएको नीति अनुसरण गर्न आवश्यक छ । त्यसैगरी परवानीपुर गाउँपालिकाले पनि अब देशकै उत्कृष्ट बन्ने गरी अगाडि बढ्नु पर्दछ भने अन्य स्थानीय तहरु पनि कसरी उत्कृष्ट बन्न सकिन्छ भनेर एक आपसमा स्वस्थ प्रतिस्प्रर्धा गरेको खण्डमा भने यसले सबैलाई फाइदा गर्नेछ ।

Leave a Reply