कृष्णउदास खनाल
वीरगञ्ज,मुलुुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय चालु आर्थिक वर्षको दोश्रो महिनामा पनि लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको छ ।वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको विवरण अनुसार वीरगञ्ज भन्सार कार्यालय चालु आर्थिक बर्षको दोश्रो भदौ महिनामा लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको हो । भन्सार विभागले वीरगञ्ज भन्सारलाई भदौ महिनाको लागि १९ अर्ब, ३८ करोड, ६ लाख ७० हजारको लक्ष्य दिएकोमा उसले भदौमा जम्मा १२ अर्ब, ७१ करोड, २२ लाख २५ हजार राजश्व मात्र संकलन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको भदौ महिनाको भन्दा पनि कम हो ।अघिल्लो आर्थिक वर्षको भदौ महिनामा यो कार्यालय १४ अर्ब, १४ करोड, २५ लाख १३ हजार राजश्व संकलन गरेको थियो । त्यो पनि लक्ष्य भन्दा कम नै हो । भदौमा वीरगञ्ज भन्सार कार्यालयले मुल्य अभिवृद्धि करबाट सबैभन्दा बढी राजश्व संकलन गरेको छ । उसले मुल्य अभिवृृद्धि करबाट ५ अर्ब, ४२ करोड, ३६ लाख ३१ हजार राजश्व स्ांंकलन गरेको छ ।त्यसरी नै आयातबाट ४ अर्ब, ८४ करोड, ६५ लाख २० हजार राजश्व संकलन गर्न सफल भएको वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यसरी नै कार्यालयले अन्तशुल्कबाट एक अर्ब, एक करोड, ७६ लाख ५८ हजार राजश्व संकलन गरेको छ ।चालु आर्थिक वर्षमा पनि वीरगञ्ज नाकाबाट आायत हुने विभिन्न बस्तुहरुमा कमी आएकाले पनि राजश्व संकलन लक्ष्य अनुसार हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका अधिकारीहरुले दाबी गरेका छन् । वीरगन्ज भन्सार गएको महिना साउनसहित गएको आर्थिक वर्षमा नै लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको थियो ।

Leave a Reply