रौतहट,रौतहट जिल्ला सदरमुकाम गौरनजिकै खेतमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु (बालिका) लाई जिल्लाको यमुनामाई गाउँपालिका–१, जेठरहिया निवासी रघुनाथ सहनीको परिवारले पालनपोषण गर्नेभएको छ ।
कार्तिक १५ गते रातिदेखि प्रादेशिक अस्पताल गौरमा आश्रय दिइएको शिशुलाई सोमबार सहनी दम्पतीले कानुनी प्रक्रिया पूरा गरेर गोद लिएका हुन् । अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमीका अनुसार जिल्ला अदालत रौतहटमार्फत आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बालिकालाई रघुनाथ र उहाँकी पत्नी अनिता सहनीको जिम्मामा दिइएको हो ।
सहनी परिवारले बालिकालाई आफ्नै सन्तान सरह माया गर्ने बाचा गरेका छन् । बालिकाको भविष्य सुरक्षित हुने आशा राखेर सहनी परिवारलाई जिम्मा दिइएको अस्पताल विकास समितिका अध्यक्ष हासमीले जानकारी दिनुभयो ।

स्थानीयले गौर नगरपालिका सबगढा गाउँनजिकैको खेतमा फालिएको अवस्थामा फेला पारेका थिए । कार्तिक १५ गते बिहान स्थानीयले शिशु रोएको आवाज सुनेपछि उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पु¥याएका थिए । उनीहरुका अनुसार अघिल्लो दिन अर्थात कार्तिक १४ गते राति जन्मिएका शिशुलाई खेतमा लगेको फालेको हुनसक्ने बताएका छन ।अस्पताल स्रोतका अनुसार, केही घण्टासम्म खेतमा रहेका कारण बालिकाको हातका औँलामा कमिलाले टोकेर घाउ बनाएको र उपचारपछि बालिकालाई अस्पतालमै राखेर हेरचाह हुदैआएको थियो ।

 

Leave a Reply