वीरगंज –  अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्वीन जोन्सको १४१ औं जन्मोत्सवको अवसरमा लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसद्वारा आज वीरगंज स्थित आमाको माया छात्रावासमा विद्यार्थीहरुको लागि दिवाभोजन कार्यक्रमको आयोजना गरि लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्वीन जोन्सको १४१ औं जन्मोत्सव मनाईएको छ । सो कार्यक्रममा छात्रावासमा रहेका २५ जना विद्यार्थीहरुबीच बर्थ डे केक काटी विभिन्न परिकारहरु सहित दिवाभोजन गराईएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन विजय कुशवाहाको अध्यक्षतामा सम्पन्न जन्मोत्सव कार्यक्रममा लायन्स क्लबका सिनियर डिष्ट्रीक्ट एडभाईजर लायन रामबिहारी पाण्डे, लायन भंवरलाल पारिख, डिष्ट्रीक्ट एडभाईजर लायन कपिलदेव तिवारी, लायन आकाश सर्राफ, लायन उमेश साह कानु, डिष्ट्रीक्ट चेयरपर्सन लायन आरती विकास चौधरी, लायन बिनय बंसल, लायन विरेन्द्र आर्य, लायन मनिष सिस्का, जोन चेयरपर्सन पिएमजेएफ लायन उमेश शर्मा, लायन्स क्लब अफ वीरगंज गेटवेका अध्यक्ष लायन डा.महेश्वर प्रसाद कुर्मी, सदस्य लायन विवेक बेरिवाल, लायन दिपक अग्रवाल, लायन्स क्लब अफ वीरगंज जय गहवामाईकी अध्यक्ष लायन निलाराम, सचिव लायन बिक्रम रौनियार, कोषाध्यक्ष लायन संजोग गुप्ता, सदस्य लायन साजन गुप्ता, लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका सचिव लायन पुरुषोत्तम गुप्ता, सदस्य लायन किरण अग्रवाल, लायन प्रजय हरलालका, लायन नेहा अग्रवाल लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here