हेटौंडा – पूर्वपश्चिमराज अन्र्तगत हेटौंडाको बसामाडीमा ट्रकले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । हेटौंडाबाट चितवनतर्फ गइरहेको ना ६ ख ६५६ नम्बरको सिमेन्ट लोड भएको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

ट्रकको ठक्करबाट चितवन रत्नगर घरभई बसामाडीको चाउमिन उद्योगमा काम गर्ने वर्ष ३५ को अम्मर पुन मगर युवकको मृत्यु भएको प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिनुभयो । घाइतेको उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

यसैगरी भिमफेदी गाउँपालिका १ खोप्लाङमा मिनि ट्रक दुर्घटना हुदा चालक सहित ७ जना घाइते भएका छन्। उक्त सडक खण्डमा शुक्रबार बिहान काठमाडौंबाट हेटौंडा तर्फ आउदै गरेको बा २ ख २२१३ नम्बरको आइचर मिनि ट्रक अनियन्त्रित भई सडक छेउमा ठोकिन पुग्दा चालक सहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले बताएका छन्।

 

 

 

 

 

 

 

 

 

घाइते हुनेमा ट्रक चालक राक्सिराङ १ बस्ने २२ बर्षीय उमेश लो, ट्रकमा सवार सिन्धुली हरिहरपुर १ बस्ने २३ बर्षीय जिरीमाय बोलन,बोलनका ४ बर्षीय छोरा समिर गोले, सिन्धुली हरिहरपुर बस्ने १७ वर्षीया समिता तामाङ, सोही ठाउँ बस्ने २० बर्षीय मान बहादुर तामाङ, १९ बर्षीय प्रेम तामाङ रहेको र उनिहरूको सबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको निरीक्षक कुर्मीले बताएका छन्।

Leave a Reply