काठमाण्डौ – नेपाललाई हराउँदै पपुवा न्युगिनि (पीएनजी) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । बुधवार भएको खेलमा पीएनजीले नेपाललाई ८६ रनले हरायो ।पीएनजीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा अल आउट भयो । नेपालका सन्दीप जोराले सबैभन्दा धेरै १७ रन बनाए । पीएनजीका कबुआ मोरे, चाद सोपर र सेसे बाउले समान २ विकेट लिए ।

यसअघि हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा टस हारेर ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो । पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।मंगलवार भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको थियो ।

पीएनजीले बुधवार दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको थियो । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक÷एक अङ्क बाँडिएको थियो ।यसैबीच शृङ्खलाको तेस्रो स्थानका लागि भएको खेलमा हङकङले हङकङ ’ए’ टोलीलाई ७० रनले हराएको छ । हङकङले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको हङकङ ’ए’ टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनमात्र बनाउन सक्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here