कलैया,संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा निधन भएको छ ।बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवहीजगात निवासी यादवको बुधवार बिहान वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही वर्षदेखि मधुमेह रोगबाट पीडित यादवको अवस्था जटिल भएपछि अस्पताल भर्ना गरिएको थियो ।२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा यादव बारा क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्यमा निर्वाचित हुुनभएको थियो । यादव नेपाली कांग्रेस बाराका पूर्वजिल्ला सचिव तथा पार्टीको महासमिति सदस्य हुनुहुन्छ ।स्व. यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन् । उहाँको अन्त्येष्टि बुधवार दिउँसो १ बजे आफ्नै गाउँ कवहीमा गरिएको छ ।

Leave a Reply