कृष्णमोहन साह
सेढवा,छिमेकी राष्ट्र चिनियाँ प्रतिनिधि मण्डलले पर्साको गादीमाई साझेदारी वन व्यवस्थापन समुह बसन्तपुरमा सञ्चालन गरेको परियोजनाको निरीक्षण गरेको छ ।चिनियाँ प्रतिनिधि मण्डल टोलीले जङ्गलसँग सीमा जोडिएका बस्तीका स्थानीयहरुलाई लाभान्वित हुने कार्यक्रम चलाएर जङ्गल सीमामा प्राङ्गरिक मल बनाउने उद्योग सन्चालन गर्न सहयोग गर्ने बताएका छन् ।
चिनीयाँ टोलीले उद्योगको कच्चा पदार्थ पराल, खरानी, गोबर, पात पतिङगर लगायतका सामग्रीहरु स्थानीयहरुबाट नै खरिद गर्ने बताउदै उद्योग सञ्चालन भएपछि स्थानीयले रोजगार समेत पाउने र कृषि उत्पादन पनि बढने बताएकाछन ।
गादीमाई साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष सहरुम राउत गद्दीले चिनियाँ प्रतिनिधि मण्डलका परियोजनाका प्रमुख हुनसान लियाङ र टोलीका प्रतिनिधि नबिन दुवाडीको स्वागत गर्नुका साथै वन क्षेत्रको निरीक्षण गराउनुभयो ।
कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, सब–डिभिजन वन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत रघुनाथ दासलगायत गादीमाई साझेदारी वन व्यवस्थापन समूहका प्रतिनिधि र स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
















