पुष्पराज खतिवडा
मनहर्वा,विश्व वातावरण दिवसको अवसरमा बुधवार वन सम्बद्ध संघसंस्थाहरुले बाराको विभिन्न स्थानमा वृक्षारोपण गरेका छन ।विश्व वातावरण दिवसको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ६ स्थित सृर्जनशील सामुदायिक वन समूहको वन क्षेत्रमा विभिन्न १५० प्रजातिको विरुवा रोपिएको छ ।निजगढ नगरपालिकाको आयोजनामा वन क्षेत्रलाई हराबरा बनाउने उदेश्यका साथ दुई वर्षदेखि सो वनमा वृक्षारोपण हुदैआएको वन समुहका अध्यक्ष कुशबहादुर थापाले बताउनुभयो । निजगढ नगरपालिकाका वन तथा वातावरण शाखाले उपलब्ध गराएको विजय (आरु) र मलेसियन साल प्रजातिको बिरुवा लगाउने कार्य भएको हो ।

वृक्षारोपण कार्यक्रममा शुभकामना दिदै सामुदायिक वन महासंघ बारा जिल्ला अध्यक्ष रामजीप्रसाद बजगाईले अब दिवसमा मात्र नभई प्रत्येक व्यक्तिले रुख लगाउने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । विनास हुँदै गएको जंगलको संरक्षण गर्नु र खाली तथा पर्ति स्थानमा नयाँ बिरुवा लगउने कार्यले नयाँ सन्ततिलाई सहज हुने बताउँदै उहाँले वातावरणको स्वच्छता अभिबृद्धिमा पनि यसबाट फाइदा पुग्ने बताउनुभयो ।गत वर्ष रोपिएका बिरुवा राम्ररी हुर्काउन सामुदायिक वन सफल भएको बेला यस वर्ष पनि खाली क्षेत्रमा थप बिरुवा लगाउने कार्य भएको हो ।
कार्यक्रममा फेकोफन अध्यक्ष बजगाईले वृक्षारोपण गर्दै अब सबैमा वन संरक्षणको भावना जागृत हुनु आवश्यक रहेको बताउनुभयो । वृक्षारोपण कार्यक्रममा निजगढ नगरपालिका वन तथा वातावरण शाखाका प्रमुख अनिल कोइराला, फेकोफन बाराका उपाध्यक्ष बासुदेव तिमल्सिना, फेकोफन निजगढ नगर अध्यक्ष तथा सिर्जनशील सामुदायिक वन अध्यक्ष कुशबहादुर थापा, बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष अमरलाल सिंतान, रामलाल सिङतान, जनहित सामुदायिक वनकी अध्यक्ष चन्द्रीकाकुमारी मगर, नेत्रकुमारी थापा, जनजागृति सामुदायिक वनका अध्यक्ष जयप्रसाद ढुंगाना, बकैया नागमणी सामुदायिक वनका अध्यक्ष रामप्रसाद ओझा, जनज्योति सामुदायिक वनका अध्यक्ष खड्का लामा, आदर्श सदाबहार सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद पाण्ड,े सृर्जनशील सामुदायिक वनका सदस्य माधव रिमाललगायतको सहभागीता रहेको थिया ।
नयाँ लगाइएका बिरुवाको जगेर्ना र हुर्काउने कामको जिम्मा सृर्जनशील सामुदायिक वनले लिएको छ ।
त्यस्तै जिल्लाको हलखोरिया साझेदारी वन उपभोक्ता समूह बाराले सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । “हाम्रो भुमि, हाम्रो भविष्य” भन्ने नाराका साथ आयोजित कार्यक्रममार्फत वन क्षेत्रमा सरसफाइ गर्नुका साथै विभिन्न प्रजातिका २ सय ५० वटा विरुवा रोपिएको हो ।
ब्रह्माकुमारी राजयोग सेवाउपकेन्द्र पिलुवास्थित शान्ति बाटिका परिसरमा पिपल, बडहर, मेलेसियन सखुवा, निम, जामुन तथा टिक जातका विरुवा रोपण गरिएको हलखोरिया साझेदारी वन उपभोक्ता समूह बाराका अध्यक्ष विकल्प भट्टराईले जानकारी दिनुभयो ।राजयोग सेवा उपकेन्द्र, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र सशस्त्र प्रहरी वल नेपाल ४० नम्बर रिजर्व गण पिलुवासँगको सहकार्यमा आयोजित कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्धाटन गर्नुभएको थियो ।
वृक्षारोपण गर्नु पूर्व आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख अधिकारीले सफा अनी स्वच्छ वातावरणका लागि मानव नै सचेत हुनपर्ने बताउनुभयो । “बढ्दो प्रकृति प्रकोप र वायू प्रदुषणले प्राणी जगत समस्यामा पर्ने हुँदा सर्वश्रेष्ठ प्राणी मानव नै यसका लागि क्रियाशील हुनुपर्छ । वनजंगल र बोट विरुवाको संरक्षण नै सबैभन्दा महत्वपूर्ण कार्य हुन् ।” उहाँले भन्नुभयो ।कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा समिति क्षेत्रीय कार्यालय वीरगञ्जकी संचालिका रविना दिदी, डुमरवाना क्याम्पस प्रमुख राधेश्याम शिवाकोटी, हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका पूर्वअध्यक्ष राजकुमार अर्याल, सशस्त्र प्रहरी वल नेपाल ४० नम्बर रिजर्व गण पिलुवाका नायव उपरीक्षक होमनाथ पन्थी लगायत एकसय जना बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी सबैलाई राजयोग उपसेवा केन्द्रले महीसहित ब्रह्म भोजन गराएको थियो ।कार्यक्रम हलखोरिया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष भट्टराईको अध्यक्षता एवं ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र पिलुवाका राजयोगी गुणराज लामिछानेको स्वागत तथा संचालनमा सम्पन्न भएको थियो । उक्त अवसरमा राजयोगिनी बालिका बालसुन्दरीले स्वागत गीतमा नृत्य समेत गर्नुभएको थियो ।यस्तै जिल्लाका अन्य स्थानमा समेत विभिन्न संस्थाले वृक्षारोपण गरेका छन् । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ मा जनजागरण युवा क्लबको आयोजनामा टिक, गुलमोहर लगायत जातका विरुवा रोपिएको छ ।यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा समेत सयौं बिरुवा रोपिएको संस्थाका सूचना अधिकारी निर्जल घिमिरेले जानकारी दिनुभयो ।



















