निजगढ,प्रहरीले निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालमा करिव ४ कठ्ठा क्षेत्रफलको गाँजा सोमवार फडानी गरी नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प निजगढबाट प्रहरी निरीक्षक संजिव ओली र सशस्त्र प्रहरी नायव उपरीक्षक जग्गनाथ खडकाको नेतृत्वमा खटेको संयुक्त टोलीले भक्तलाल गाउँका विभिन्न स्थानमा स्थानीयले लुकाइछिपाइ लगाएको गाँजा फडानी गरी नष्ट पारेको हो ।

गाँजा फडानी गर्न नेपाल प्रहरी र सशस्त्र गरी २६ जनाको प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here