निजगढ,पर्याप्त कर्मचारी अभावमा निजगढ नगरपालिकामा एउटै सचिवले २ वटा वडा कार्यलयको जिम्मेवारी लिएर काम गर्नुपर्ने बाध्यता रहेको छ ।पालिकाका खरिदार हिरालाल राणा र शुभचन्द्र कर्णले २-२ वटा वडा कार्यालयको कामकाज सम्हाल्दैआउनुभएको हो । सचिव राणाले नम्बर २ र ३ र कर्णले वडा नम्बर १ र ४ को काम हेर्दैआउनुभएको छ ।
यसअघि वडा नम्बर १ कार्यालयको समेत काम गर्दैआउनुभएका राणालाई हाल २ वटा वडाको मात्रै जिम्मेवारी दिइएको हो । उनीहरुले आलोपालो गरेर कार्यालयको कम गर्दैआएका छन ।
कार्यालयका सचिवले अर्को वडामा पनि काम गर्नुपर्ने भएकोले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न समस्या देखिएको वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिनाले बताउनुभयो । उहाँले सचिव नभएको बेला आउने सेवाग्राहीलाई अर्को वडामा पठाएर सेवा प्रदान गर्नेगरेको सुनाउनुभयो ।कार्यलयमा आलो पालो गरेर सेवा दिनुपर्दा आफूहरुलाई खासै समस्या नपरेको भएपनि सेवाग्रहीहरुलाई भने सचिव खोज्दै अर्को वडा कार्यालयमा धाउनुपर्ने अवस्था रहेको रहेको राना बताउनुहुन्छ ।नागरिकताको लागि सिफारिस पत्र लिन वडा नम्बर ३ को कार्यालयमा पुग्नुभएका टल्कु लामाले केहि दिनअघि आउँदा कार्यालयमा वडा सचिव नभेटिएपछि एउटा काम गराउन फेरि दोस्रो पटक पनि कार्यालयमा आएको बताउनुभयो ।
१३ वटा वडा रहेको निजगढमा हाल वडा सचिवको संख्या ११ मात्रै रहेको नगरपालिका कार्यालयका सूचना अधिकारी रविन घिमिरेले बताउनुभयो । उहाँले २-२ वटा वडाको काम हेर्ने सचिवहरुले हप्तामा ३-३ दिनको पालो मिलाएर सेवा दिने गरेको जानकारी दिनुभयो ।निजगढ नगरपालिकामा विभिन्न तहका ५७ जना कर्मचारी कार्यरत छन । संख्याको दृष्टिले पर्याप्त भएपनि उचित व्यवस्थापन नहुँदा वडा कार्यालयको काम भने प्रभावित हुदैआएको छ । आवश्यक कर्मचारीको पदपूर्ति गर्न भनेर नगरपािलकाले केही दिअघि मात्रै विभिन्न तह र क्षेत्रमा १४ जना कर्मचारीको विज्ञापन खुलाएको छ ।















