काठमाण्डौ – नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले माओवादीले सहमति तोडेर धोका दिएको पनि निष्कर्ष निकालेको छ । बैठकमा अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो । मंगलवारको बैठकमा सोमवार बर्खास्तीमा परेका मन्त्रीहरू पनि सहभागी थिए ।

Leave a Reply