निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर १० लाल बुद्धचोकमा योङ्ग स्टार युनाइटेड क्लबद्वारा आयोजित दोस्रो ल्होछार कप कपको सेमिफाइनल खेलमा रतनपुर युनाइटेड फुटबल क्लब र सिर्जनशील फुटबल क्लब बकैया– ६ मकवानपुरविच प्रतिस्पर्धा हुने भएको छ ।
बिहीवार भएको खेलमा निजगढ– ११ रतनपुर युनाइटेड फुटबल क्लबले मानेचोक फुटबल क्लबलाई २÷० गोलले पाका लगाएको हो । योसंगै रतनपुरले सिर्जनशीलसंगको सेमिफाइनल भेट पक्का गरेको हो ।युनाइटेडको तर्फबाट संघर्ष मगरले निर्धारित समयमा दुई गोल गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा पु¥याएका हुन । स्थानीय दर्शक बीच मानेचोकले संतोषजनक खेल प्रदर्शन गर्न सकेन । सो खेलको म्यान अफ दि म्याच संघर्ष मगर घोषित भएका थिए । मगरलाई नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समन्वय समितिका अध्यक्ष तथा निजगढ नगरपालिका नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले १ हजार नगदसहित ट्रफी हस्तान्तरण गरेका थिए ।
त्यस्तै माघ २६ गते शुक्रवार सेमिफाइनलको खेल योङ्ग स्टार युनाइटेड फुटबल क्लब निजगढ १० लाल र न्यु हिमाल युवा क्लब निजगढ– ८ बीच दिनको ३ः०० प्रतिस्पर्धा हुने आयोजक जानकारी दिएको छ ।

















