दुष्यन्त चौधरी
बारा,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले २६ औं स्थापनाका दिवसको अवसरमा पर्साको वीरगञ्जमा मंगलवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।फोनिज प्रादेशिक समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा मंगलवार एक कार्यक्रमका बीच खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश महासचिव तामाङ, वरिष्ठ प्रहरी नायव निरीक्षक डिकरदेव पन्त, सरोज केसी, प्रेमबहादुर श्रेष्ठ, तेजेन्द्रप्रसाद बस्नेत,खुशीनन्दन चौधरी, पुजन चौधरी, राकेशकुमार साह, राजेन्द्रप्रसाद कुमार गुप्ता, संजयदास थारु, अजय महतो, राहु कुमार लायोमगर लगायतले रक्तदान गरेका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका इन्चार्ज शंकर श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा सभापती बृजकिशोर पटेल, सामाजिक अभियन्ता प्रकाश थारु, समाजसेवी राजेन्द्र भट्टराई,एनजीओ सिसी पर्साका अध्यक्ष इब्राहिम देवान,समाजसेवी वीर शम्शेर प्रसाद कुर्मी,सरोज केसी, रक्तसंचार केन्द्रका धिरेन्द्र झा,जितेन्द्र कुशवाहा, नितेश यादव,सन्तोष पटेल लगायतको उपस्थिति थियो ।

यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका कृष्णकुमार मण्डल, सर्लाही अध्यक्ष घनश्याम बलाम्पाकी, रौतहट अध्यक्ष युभाष श्रेष्ठ,बाराका पूर्वअध्यक्ष अजित भुजेललगायतका मधेस प्रदेश समितिका पदाधिकारी तथा विभिन्न जिल्लाका अध्यक्ष सचिवहरुको उपस्थिति थियो ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रमको स्वागत उपाध्यक्ष अनिता चौधरीले गर्नुभएको थियो ।

Leave a Reply