निजगढ,

निजगढ नगरपालिका वडा नम्बर– ८ खयरघारीकी २० वर्षिया युवतीको उपचार्थ मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराले आर्थिक सहयोग गरेको छ ।मृगौलामा समस्या देखिएपछि वीर अस्पतालमा उपचारत अन्जनी कुशवारको उपचारका लागि मेचिमहाकाली बुहारी संयुक्त आवाजमा आवद्ध महिलाहरुले रकम संकलन गरेर सहयोग गरेका हुन् ।डाईलाईसि सुरु गरेकी अन्जनीको उपचारका लागि वडा कार्यालयले आह्वान गरेपछि मेचिमहाकाली बुहारी संयुक्त आवाजले अन्जनीका मामालाई २२ हजार सहयोग हस्तान्तरण गरेको हो ।आर्थिक अवस्था कमजोर भएकी अन्जनी विगत केही वर्षदेखि आमासंगै काठमाण्डौंमा मजदुरी गर्दै आएकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि हेटौंडा सामुदायिक अस्पतालमा लगिएकोमा आर्थिक अभाव भएको भन्दै आफन्तले वडा अध्यक्ष स्वर्ण लामासंग सहयोग माग गरेका थिए ।वडा अध्यक्ष लामाको पहलमा अन्जनीलाई हेटौडा अस्पतालमा भएको खर्च भुक्तानी गरेर थप उपचारका लागि वीर अस्पतालमा पु¥याईएको थियो । अन्जनीको आइतवारबाट डाईलाईसिस सुरु गरिएको छ ।वडा अध्यक्ष लामाको अनुरोधपछि आकस्मिक रुपमा रकम संकलन गरेर मृगौला पीडितको उपचारका लागि सहयोग जुटाईएको मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रिका मगरले जानकारी दिनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष लामा, संस्थाकी उपाध्यक्ष सगुन लामा, सल्लाहकार कल्पना खरेल, सचिव उषा लामा मोक्तान, पत्रकार महेश्वर अधिकारी लगायतले बोलेका थिए ।

 

Leave a Reply