बिदुर खडका

डुमरवाना,बारा जिल्लाको विभिन्न स्थानमा बस्ने थारु समुदायका केही अगुवाहरु सास्कृतिक रुपान्त्रणतर्फ लागेको पाइएको छ । थारु समुदायमा दाइजो प्रथाले जरो गाडिरहेको बेला केहि अगुवाहरुले दाईजो बिना नै आफ्ना छोराछारीको विवाहा गर्न थालेका हुन । थारु थारुकल्याणकारी सभा बारा अगुवा तथा जसपा नेता रुपलाल चौधरीले दाइजो बिना नै विवाहा गर्ने÷गराउने अभियान चलाउनु भएको छ । परिवर्तन आफैदेखि सुरु गर्नु पर्छ भन्ने युक्तिका साथ रुपलालले आफ्नो परिवारभित्र मात्र नभइ थारु समुदायका अन्यको पनि बिना दाइजो विवाहा गराउनु भएको छ । दाइजोका कारण धेरै छोरीहरुले ज्यान गुमाई सकेकोले थारु समाजमा आफुले दुई दशकदेखि दाइजो प्रथाको बिरोधमा अभियान चलाउदै आएको चौधरीले बताउनुभयो । यो अभियानमा थारु कल्याणकारी संस्थाका अन्य नेताहरुले भने साथ नदिएको चौधरीको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here