गोकुल घोरसाइने

निजगढ,क्रियाशील सदस्यता वितरण गर्ने विवादमा दुई समुहमा विभाजित बारा कांग्रेशका नेता÷कार्यकर्ताले केन्द्रीय कार्यालय सानेपामा जारी राखेको धर्नामा शक्ति प्रदर्शन गर्ने क्रम पनि शुरु भएको छ । दुबै समुहले जिल्लाबाट आफनो पक्षका कार्यकर्तालाई धर्नामा सहभागी गराएर शक्ति प्रर्दशन गर्न थालेका हुन । नेपाली कांग्रेशका सभापती एंव प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल पक्षधर नेता कार्यकर्ताले सदस्यता विवादमा पार्टी कार्यालयमा धर्ना दिदै आएका छन । यस क्रममा देउवा समुहले जिल्लाका ५ सय भन्दा बढी कार्यकर्तालाई धर्नामा उतारेको छ भने अर्को पक्षबाट पनि २ सय ५० भन्दा बढी कार्यकर्ता धर्नामा सामेल छन । पौडेल समुहले कार्यालयको भर्याङ्ग मुनि बरण्डा र अर्को पक्षले कार्यालय परिशरको चौरमा टेण्ट गाढेर धर्ना दिदै आएको छ । सदस्यता छानबिन समितिलाई दवाव दिने उद्देश्यले शुरु भएको धर्नामा शक्तिप्रदर्शनलाई रणनीतिको रुपमा प्रयोग गर्न थालिएपछि दुबै समुहमा विभाजित जिल्लाका अगुवा कार्यकर्ता अहिले काठमाण्डौं पुगेका छन । दुबै पक्षले आफनो समुहका कार्यकर्तालाई भाडाका बस र जिपमा राखेर केन्द्रय कार्यालयमा पुर्याएका छन ।

 

क्रियाशील सदस्यता वितरण गर्ने क्रममा सभापती देउवा समुहको पकडमा रहेको जिल्लाकार्य समितिले एकलौटी रुपमा सिफारिस गरेको र केन्द्रीय समितिले समेत अनुमोदन गरेर पठाएको भन्दै नेता पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर कार्यकर्ताले विरोधमा २ साताअघि धर्ना शुरु गरेका हुन । मापदण्ड विपरीत जथाभावीरुपमा वितरण गरिएको सदस्यता खारेज हुनु पर्ने उनीहरुको माग छ । ४ दिनअघिबाट धर्नामा बसेको सभापती देउवा समुहले भने विधि र प्रकृयाअनुसार जिल्लाबाट सिफारिस भइ गएका कार्यकर्ताहरुको सदस्यता कायम हुनु पर्ने माग राखेको छ ।

कांग्रेश बाराका पूर्वसभापति लालबाबु सिंहले धर्नामा नेता पौडेल समुहको नेतृत्व गरिरहनुभएको छ भने अर्को पक्षको नेतृत्व जिल्ला सभापती भोला चौरसियाले गर्नुभएको छ ।

कांग्रेशले बाराबाट यो वर्ष १२ हजारभन्दा बढीको क्रियाशील सदस्यता सिफारिस गरेको छ । नयाा सिफारिसमध्ये अधिकांशयसमध्ये करिव ६ हजारले नयाँ सदस्यता पाएका छन । सस्थापन पक्षले आफुहरुलाई निषेध गरेर सदस्यता वितरण गरेकोले सोको विरोधमा धर्ना दिनु जिल्ला सचिव मनोज भट्टले बताउनुभयो । उहाँले विधान विपरीत वडा समितिबाट सिफारिस नै नभएकालाई पनि क्रियाशील दिइएकोले खारेज हनुपर्ने बताउनुभयो । संस्थापन पक्षले भने विधि र प्रकृयाअनुरुप सिफारिस भएका कार्यकर्ताहरुको सदस्यता खारेज गर्न नमिल्ने बताएको छ । जिल्ला संघठन विभाग प्रमुख शम्भु बुढाथोकीले कसैले धर्ना दिदैमा विधि र प्रकृयाअनुसार सिफारिस भइ गएका कार्यकर्ताहरुको सदस्यता रोकिन नहुने बताउनुभयो ।

सानेपामा बारालगायत धनुषाका तीन नेता पनि ६ दिनदेखि आमरण अनशनमा छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहित तीन नेता आमरण अनशनमा छन् । उनीहरुको स्वास्थ्य बिग्रदै गएको छ ।

यसैबीच नेपाली कांग्रेसको वडा अधिवेशन तत्कालको लागि स्थगित भएको छ । प्रधानन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले साउन १२ गतेको लागि तोकिएको वडा अधिवेशन तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । अधिवेशनको अर्को मिति छिटै तोकिने प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो । भदौ १६ गतेदेखि हुने चौधौँ केन्द्रीय महाधिवेशनको लागि कांग्रेसले साउन १२ गते वडा अधिवेशन, साउन १६ गते पालिकाको अधिवेशन, २० गते प्रदेशसभा क्षेत्र तथा २३ र २६ गते प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ । यस्तै भदौको १ र २ गते प्रदेश अधिवेशनको कार्यतालिका छ । वडाको अधिवेशन स्थगित भएपनि अरु अधिवेशनको तालिकाको बारेमा अहिले कुनै निर्णय नभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । कांग्रेसले औपचारिक निर्णय नगरेपनि महाधिवेशन सर्ने सम्भावना धेरै छ । क्रियाशिल सदस्यताको विवाद नटुंगिदा पार्टी कार्यालयमै धर्ना र अनसन चलिरहेको छ । तल्लो तहको अधिवेशन हेरफेर गरिए पनि महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा कांग्रेस नेताहरुले जोड दिंदै आएका छन् ।

Leave a Reply