सिमरा,सिमरास्थित बजनीमा रहेको गणपति बनस्पती उद्योगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतिको सूचना निकालको छ ।स्थायी रुपमा कार्यरत रहेका कटौति हुने ५० जना कामदारको नाम नै तोकेर लिस्ट सार्वजनिक गरेपछि अहिले त्यहाँ कार्यरत कामदारहरु चिन्तामा परेका छन ।

विगत २०-२५ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आईरहेका कामदारलाई एकै पटक निकाल्ने सूचना निकालेपछिे गणपति बनस्पती उद्योगमा कार्यरत कामदारहरु चिन्तामा परेका हुन ।
उद्योगमै काम गरेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको र आफुहरुलाई उद्योगले आथिक मन्दीको नाममा कामबाट हटाउनु दुःखद रहेको कामदारहरुले बताएका छन ।

उद्योगले यसअघि आर्थिक मन्दीको बहाना बनाएर स्थायी रुपमा कार्यरत कामदारलाई जगेडामा राखेर काम गराउदैआएको थियो । तर माघ २३ गते भने ५० जनाको नाम सहित सूचना टाँस गरेर कटौती गर्ने जनाएको छ ।यता उद्योगले विगतका वर्षदेखि नै बढ्दो बजारमा प्रतिस्पर्धा गर्न नसकेकोे र भारतले तेलको आयातमा एक्साईज डिउटी बढाएकोले निर्यात ठप्प नै हुन् गएपछि बाध्य भएर कामदार कटौति गर्नुपरेको उद्योेगका प्रशासनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here