वीरगञ्ज,पर्साको पर्सागढी नगरपालिकाको वडा नम्बर ९ एकटाङ्गामा मंगलवार बाघले स्थानीय किसानको ७ वटा बाख्रा मारेको छ ।स्थानीय ललन यादवले पश्चिम खोला बगरमा चरिचणको लागि लगेको बेला बाघले ७ वटा बाख्रा मारेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।
बिगत एक हप्ताभन्दा बढी दिनदेखि सो क्षेत्रमा बाघको गतिविधि बढेको स्थानीयले जानकारी दिएका छन ।



















