कलैया, नेपाल पत्रकार महासंघ बारा शाखाका निबर्तमान अध्यक्ष कमलकुमार उपाध्यायले बाराका कृयाशिल संचारकर्मीहरुलाई कोरोना कहर र निषेधाज्ञाले समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । बारा जिल्लाबाट प्रकाशित कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषको सहयोगमा बाराका १७ जना कृयाशिल संचारकर्मीहरुलाई उपाध्यायले खाद्यान्न लगायतका सामग्रीहरु खरिदका लागि नगद ३२ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । कोरोना कालमा संचारकर्मीहरुको चुल्हो निम्भ नपाओसु भनेर आफूले सहयोग गरेको पनि निबर्तमान अध्यक्ष उपाध्यायले बताउनुभयो । उहाँले यो महामारीका बेला आफू पत्रकार तथा संचारर्मीहरुलाई जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभएको छ । कृपा दैनिकका प्रधानसम्पादक नवराज उपाध्याय र उहाँकी धर्मपत्नी जानकी(उमा)देवीको नाउँबाट २०७२ सालमा स्थापना गरिएको नवजान कल्याण कोषले बिपद्मा परेका संचारकर्मीहरुलाई सहयोग गर्दै आइरहेको छ । कोषले हरेक बर्ष कृपा दैनिकको बार्षिकोत्सवको अवसरमा ५० हजार नगद राशीको दुईवटा पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply